बारम्बार सोधिने प्रश्नहरू (बा.सो.प्र)


औजारमार्ट के हो?

औजारमार्ट नेपालका ग्राहकहरूका लागि निर्माण भइरहेको आधुनिक ह्यार्डवेयर प्लेटफर्म हो। हामी अनलाइन मार्फत गुणस्तरीय हातेऔजार, पावर टुल्स, पेन्ट र पेन्टिङ्ग गर्न चाहिने सामानहरु, सुरक्षा र पीपीई सामानहरु, किल्ला काँटी, गुँद माडा, पालिस आदी-इत्यादी सामान उपलब्ध गराउने गर्दछौं।


औजारमार्ट कहाँ अवस्थित छ?

औजारमार्ट काठमाडौंमा अवस्थित छ।
हाम्रो भौतिक पसल हाल विकासको क्रममा छ। अनलाइन सेवा पहिले उपलब्ध हुनेछ।


के AujarMart.com हाल अनलाइन किनमेलका लागि खुला छ?

अझै छैन। हाम्रो अनलाइन पसल पनि निर्माणको क्रममा छ।
हाल, यो वेबसाइटले औजारको बारेमा जानकारी प्रदान गर्दछ र ग्राहकहरूलाई सोधपुछका लागि हामीलाई सम्पर्क गर्न अनुमति दिन्छ।


औजारमार्टले कस्ता प्रकारका सामान बिक्री गर्नेछ?

औजारमार्टले निम्न वर्गका सामाहरु बिक्री गर्नेछ:

  • हातेऔजार
  • पावर टुल्स र पावर टुल्सलाई सञ्चालन गर्न चाहिने सामग्री
  • बगैंचा र करेसाबारी सम्बन्धित औजार
  • सुरक्षा उपकरण र पी.पी.ई. का सामान
  • पेन्ट र पेन्ट गर्न चाहिने सामग्री
  • किल्ला काँटी
  • गुँद माडा
  • काठ पालिस
  • अन्य

हाम्रो लक्ष्य अत्यधिक विविधता होइन, गुणस्तर र उपयोगिता हो।


वेबसाइटमा सूची गरिएको सबै सामान अहिले उपलब्ध छन्?

सामानहरु सूची गर्न र वर्गहरूको जानकारीको लागि देखाइएको हुन सक्छ। हाम्रो पसल र विस्तार हुँदै जाँदा उपलब्धता परिवर्तन हुन सक्छ।


के म सामान फिर्ता वा साट्न सक्छु?

हो — धेरैजसो सामान खरिद भएको ७ दिनभित्र प्रयोग नगरिएको र सोही अरिजिनल प्याकेजिङमा रहेको अवस्थामा फिर्ता गर्न सकिन्छ। यसमा विचार परिवर्तन गरी गरिने फिर्ति, बिग्रेको वा क्षतिग्रस्त सामान, र गलत पठाइएको सामानहरु पनि समावेश गरिएका छन्। विस्रित विवरणका लागि हाम्रो सामान फिर्ति तथा रकम वापसी नीति हेर्नुहोस्।


के‍-कस्ता सामान फिर्ता हुँदैनन्?

उपभोग्य वस्तु, प्रयोग गरिएका विद्युतीय औजार, क्लियरेन्स (अन्तिम सेल भनेर उल्लेख गरिएका) सामान, वा दुरुपयोगका कारण क्षति पुगेका सामान — कानूनद्वारा अन्यथा आवश्यक नभएसम्म — सामान्यतया फिर्ताका लागि योग्य हुँदैनन्।


सामान फिर्ति कसरी अनुरोध गर्ने?

लगइन गर्नुहोस् र फोटोसहित फिर्ति पेश गर्न My Account → My Returns मा जानुहोस्। खाता छैन भने, आफ्नो अर्डर विवरण र फिर्तिको कारणसहित हामीलाई info@aujarmart.com मा इमेल गर्नुहोस्।


औजारलाई कसरी सम्पर्क गर्ने?

तपाईं हाम्रो वेबसाइटको सम्पर्क पृष्ठमार्फत वा सिधै हामीलाई इमेल गरेर सम्पर्क गर्न सक्नुहुन्छ:

info@aujarmart.com


के तपाईं ग्राहकलाई सप्पोर्ट प्रदान गर्नुहुन्छ?

हजुर! हामी सामान, सामानको उपलब्धता, र सामान्य प्रश्नसम्बन्धी सोधपुछको यथासक्दो चाँडो जवाफ दिने चेष्टा गर्दछौं।


के तपाईं अनलाइन भुक्तानी स्वीकार गर्नुहुन्छ?

अनलाइन भुक्तानी हाल सुरु गरिएको छैन। अनलाइन पसल सुरु भएपछि भुक्तानीका विकल्पहरू (COD, डेबिट वा क्रेडिट कार्ड भुक्तानि, र फोनपे) स्पष्ट रूपमा जानकारी गराइनेछ।


के मेरो निजी जानकारी सुरक्षित छ?

तपाईंको निजी जानकारी सुरक्षित राख्न सदा तत्पर छौं र रहनेनैछौं। सोधिएका प्रश्नहरुका उत्तर दिने जस्ता कार्यका लागि मात्र निजी जानकारी प्रयोग गर्दछौं। विस्रित विवरणका लागि कृपया गोपनीयता नीति हेर्नुहोस्।


के औजारमार्टले आफ्नो सेवाहरु विस्तार गर्नेछ?

हजुर! हाम्रो सेवाक्षेत्र बिस्तारै बढ्दै जानेछ। अपडेटहरू हाम्रो वेबसाइटमा साझा गरिनेछ।


यदि तपाईंले खोजेको जवाफ फेला पार्नुभएन भने कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

👉 सम्पर्क पृष्ठ जानुहोस् वा ईमेल गर्नुहोस्: support@aujarmart.com


Scroll to Top