सप्लायर अनबोर्डिंग
अन्तिम अपडेट: 2026-08-26
औजार प्रा.लि. (“Aujar”, “औजार”, “हामी”, वा “हाम्रो”) ले नेपालका ग्राहकहरूलाई गुणस्तरीय ह्यार्डवेयर सामान उपलब्ध गराउन विश्वसनीय आपूर्तिकर्ता र निर्माताहरूसँग काम गर्दछ। यो पृष्ठले सप्लायर अनबोर्डिंग र सहकार्यप्रतिको हाम्रो दृष्टिकोण वर्णन गर्दछ।
को सप्लायर हुन सक्छ?
- निर्माताहरू
- अधिकृत वितरकहरू
- आयातकर्ता र थोक व्यापारीहरू
- ब्रान्ड प्रतिनिधिहरू
आपूर्तिकर्ताले सामानको गुणस्तर र आपूर्तिको निरन्तरता देखाउन सक्षम हुनुपर्दछ।
सप्लायर चयन गर्दा हामी के-के हेर्दछौं
- सामानको गुणस्तर र टिकाउपन
- लागू हुने मापदण्डको पालना
- आपुर्तिको निरन्तर उपलब्धता
- पारदर्शी मूल्य निर्धारण
- बिक्री पछिको र वारेन्टी सहयोग
हामी एक-पटके कारोबारलाई भन्दा दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिनेछौं।
चासोका सामान वर्गहरू
- हाते औजार
- पावर टुल्स र टुल्स चलाउन चाहिने सामाग्री
- बगैंचा र करेसाबारीलाई आवश्यक पर्ने हाते तथा विध्दुतिय औजार
- सुरक्षा उपकरण तथा पिपिई
- पेन्ट र पेन्टिङ्गका लागी आवश्यक पर्ने सामाग्री
- औजार स्टोेर गर्ने बाकस वा दराज
हाम्रो कार्यक्षेत्र बढ्दै जाँदा यो सूची विस्तार हुन सक्छ।
सप्लायरको जिम्मेवारी
- सामानको सही जानकारी र विशिष्टता प्रदान गर्ने
- गुणस्तर मापदण्ड कायम राख्ने
- स्टक उपलब्धता वा परिवर्तनका बारेमा सक्रिय रूपमा खबर गर्ने
- वारेन्टी वा त्रुटि-सम्बन्धी मामिलामा सहयोग गर्ने
अनबोर्डिंग प्रक्रिया
- प्रारम्भिक अन्तरवार्ता र सामान अवलोकन
- आवश्यक अध्ययन र कागजात समीक्षा
- ट्रायल लिस्टिङ वा सीमित प्रारम्भिक आपूर्ति
सामानको प्रकार र जटिलताका आधारमा अनबोर्डिङको समयावधि फरक हुन सक्छ।
कसरी आवेदन दिने
तपाईं सप्लायर बन्न चाहनुहुन्छ भने, कृपया तलको फारम भर्नुहोस्:
नोट
औजारले व्यावसायिक आवश्यकता र आन्तरिक मूल्याङ्कनका आधारमा सप्लायर स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।
