सर्त तथा नियमहरू

अन्तिम अपडेट: 2026-08-26

औजारमार्ट वेबसाइट (“वेबसाइट”) मा तपाईंको स्वागत छ। यी सर्त तथा नियमहरू (“सर्तहरू”) ले औजार प्रा.लि. (“Aujar”, “AujarMart”, “औजार”, “औजारमार्ट”, “हामी”, वा “हाम्रो”) द्वारा प्रदान गरिएको हाम्रो वेबसाइट, सेवाहरू, र कुनै पनि जानकारीको तपाईंको पहुँच र प्रयोगलाई नियन्त्रण गर्दछ।

यो वेबसाइट प्रयोग गरेवापत तपाईं स्वत: यी सर्तहरुभित्र बन्धित हुनुहुनेछ। यदि तपाईंलाई सहमति छैन भने, कृपया यो वेबसाइट प्रयोग नगर्नुहोला।

१. औजारमार्टको बारेमा

औजार प्रा.लि.ले नेपालका ग्राहकहरूका लागि आधुनिक हार्डवेयर तथा औजार प्लेटफर्म निर्माण गर्दै छ, जुन औजारमार्ट भनेर चिनिनेछ। हाम्रो वेबसाइटले हाम्रो व्यवसाय, सामान, र सेवाहरूको जानकारी प्रदान गर्दछ, र प्रयोगकर्ताहरूलाई सामान ब्राउज गर्न, खाता बनाउन, अर्डर गर्न, र हामीलाई सम्पर्क गर्न अनुमति दिन्छ।


२. वेबसाइटको प्रयोग

तपाईंले यो वेबसाइट निम्न कुरा नगर्ने प्रण गरेर मात्र प्रयोग गर्नुहुनेछ:

  • लागू हुने कानून वा नियमहरूको उल्लंघन गर्ने
  • अरूको अधिकारमा हस्तक्षेप गर्ने
  • वेबसाइटको सुरक्षा वा कार्यक्षमतामा बाधा पुर्‍याउने
  • प्रणाली, डेटा, वा सेवाहरूमा अनधिकृत प्रबेशको प्रयास गर्ने

दुरुपयोग पत्ता लागेमा हामीसँग प्रबेश सुलभता सीमित वा बन्द गर्ने अधिकार हुनेछ।

यो वेबसाइटमा कुनै अनैतिक गतिविधि पत्ता लागेमा नेपाल प्रहरीको साईबर ब्यूरोमा उजुरी हालिनेछ।


३. खाता र प्रमाणीकरण

  • खाता आवश्यक पर्ने केही सुविधाहरू (जस्तै अर्डर गर्ने र सामान फिर्ति ट्र्याक गर्ने) छन्।
  • तपाईंको मोबाइल नम्बरमा पठाइने वान-टाइम पासवर्ड (OTP) मार्फत खाता प्रमाणीकरण गरिनेछ। तपाईंले दर्ता गर्नुभएको नम्बरको पहुँच सुरक्षित राख्ने जिम्मेवारी तपाईंको हो।
  • खाता खोल्दा वा अर्डर गर्दा तपाईंले सही जानकारी प्रदान गर्न सहमत हुनुहुन्छ।
  • यी सर्तहरूको उल्लंघन गरी प्रयोग गरिएका खाताहरू औजारले निलम्बन वा प्रतिबन्धित गर्न सक्छ।

४. सामान, मूल्य र उपलब्धता

  • सबै मूल्यहरू नेपाली रुपैयाँ (NPR) मा देखाइन्छ र मूल्य अभिवृद्धि कर (VAT) स्वत: समावेश गरिएको हुन्छ।
  • हामी सामानको जानकारी, मूल्य, र उपलब्धता सही राख्न सक्दो प्रयास गर्दछौं, तर त्रुटि हुन सक्छ। मूल्य वा लिस्टिङमा त्रुटि भेटिएमा, हामी सम्बन्धित अर्डर पठाउनु अघि अर्डर रद्द वा सच्याउन सक्छौं। यदि यस्तो भएमा तपाईंलाई जानकारी गराइनेछ।
  • अर्डर प्रक्रिया समापन नभएसम्म सामानको उपलब्धता ग्यारेन्टी गरिएको हुँदैन।

५. अर्डर र अर्डर स्वीकृति

  • अर्डर राख्नु खरिदको प्रस्ताव हो; हामीले पुष्टि नगरेसम्म यो स्वीकार गरिएको मानिँदैन।
  • शंकास्पद जालसाजी, मूल्य त्रुटि, वा स्टक अनुपलब्धताको अवस्थामा हामी अर्डर अस्वीकार वा रद्द गर्न सक्छौं।
  • यदि अर्डरको केही भाग मात्र पूरा गर्न सकिन्छ भने, हामी उपलब्ध सामान पठाउनेछौं र बाँकी भाग रद्द गरी रकम वापसी गर्नेछौं।

६. भुक्तानी

  • हामी क्यास अन डेलिभरी (COD) तथा हाम्रा भुक्तानी गेटवे साझेदारहरू मार्फत अनलाइन भुक्तानी स्वीकार गर्दछौं।
  • अनलाइन भुक्तानीहरू हाम्रो भुक्तानी गेटवेद्वारा सुरक्षित रूपमा गरिनेछ। औजारले तपाईंको पूर्ण कार्ड विवरण कतैपनि स्टोर गर्दैन। भुक्तानी डेटा कसरी व्यवस्थापन गरिन्छ भन्ने बारे हाम्रो गोपनीयता नीति हेर्नुहोस्।
  • COD अर्डरका लागि, डेलिभरीको समयमा हाम्रो कुरियर साझेदारले नगद भुक्तानी संकलन गर्दछ।

७. डेलिभरी

डेलिभरी हाम्रो ढुवानी तथा डेलिभरी नीति अनुसार गरिनेछ। यसले डेलिभरी क्षेत्र, समयावधि, र शुल्क समेट्दछ। हाम्रो डेलिभरी क्षेत्र विस्तार हुँदै जाँदा डेलिभरी सर्तहरू परिवर्तन हुन सक्छन्।


८. सामान फिर्ति, रकम वापसी र वारेन्टी

सामान फिर्ति, साटासाट, र रकम वापसी हाम्रो सामान फिर्ति तथा रकम वापसी नीति अनुसार गरिनेछ। उत्पादकको वारेन्टी सहायता हाम्रो वारेन्टी सहायता पृष्ठ अनुसार गरिनेछ।


९. जानकारीको शुद्धता

हामी यो वेबसाइटमा भएका सबै जानकारी सही र अद्यावधिक राख्न सक्दो प्रयास गर्दछौं। तापनि:

  • सामानको उपलब्धता, विशिष्टता, र सेवाहरू परिवर्तन हुन सक्छन्
  • सामान्य जानकारीका उद्देश्यका लागि मात्र विवरण प्रदान गरिएको हो

औजारले जानकारीको पूर्णता वा शुद्धताको ग्यारेन्टी दिँदैन र त्रुटिहरूका लागि जिम्मेवार हुँदैन।


१०. बौद्धिक सम्पत्ति

यो वेबसाइटमा भएका सम्पूर्ण सामग्री — जसमा तर सीमित नभई शब्दहरु, लोगो, ग्राफिक्स, आइकनहरू, तस्बिरहरू, र लेआउट तथा डिजाइन समावेश छन् — औजार प्रा.लि. वा यसका लाइसेन्सदाताहरूको सम्पत्ति हो र लागू बौद्धिक सम्पत्ति कानूनद्वारा संरक्षित छ।

तपाईंले पूर्व लिखित अनुमति बिना कुनै पनि सामग्री प्रतिलिपि, पुनरुत्पादन, परिमार्जन, वितरण, वा प्रयोग गर्न पाउनुहुन्न।


११. प्रयोगकर्ताद्वारा पेश गरिएको जानकारी

तपाईंले हाम्रो सम्पर्क फारममार्फत जानकारी पेश गर्दा, अर्डर गर्दा, वा हामीसँग सञ्चारण गर्दा:

  • तपाईंले प्रदान गरेको जानकारी सही र वैध छ भनी पुष्टि गर्नुहुन्छ
  • तपाईंको सोधपुछको जवाफ दिन हामीलाई सो जानकारी प्रयोग गर्ने अनुमति दिनुहुन्छ

हामी सबै व्यक्तिगत जानकारी हाम्रो गोपनीयता नीति अनुसार व्यवस्थापन गर्नेछौं।


१२. तेस्रो-पक्ष सेवाहरू र लिंकहरू

हाम्रो वेबसाइटले तेस्रो-पक्ष सेवाहरू; जस्तै हाम्रो भुक्तानी गेटवे, SMS/OTP प्रदायक, डेलिभरी साझेदारहरू, होस्टिङ प्रदायकहरू, र एनालिटिक्स उपकरणहरू — प्रयोग गर्दछ। औजार तेस्रो-पक्ष वेबसाइट वा सेवाहरूको सामग्री, नीति, वा अभ्यासका लागि जिम्मेवार रहँदैन, र हाम्रो नियन्त्रण बाहिरका तेस्रो-पक्ष सेवा प्रदायकहरूका कारण भएको ढिलाइ वा समस्याका लागि जिम्मेवार हुनेछैन।


१३. दायित्वको सीमा

कानूनले अनुमति दिएको हदसम्म:

  • यो वेबसाइट वा यसमार्फत राखिएको कुनै पनि अर्डरको प्रयोगबाट उत्पन्न प्रत्यक्ष, अप्रत्यक्ष, आकस्मिक, वा परिणामस्वरूप हुने कुनै पनि क्षतिका लागि औजार जिम्मेवार हुँदैन
  • कुनै पनि अर्डरका लागि हाम्रो दायित्व सो अर्डरको मूल्यमा सीमित हुनेछ

यसमा डेटा हानि, व्यवसाय अवरोध, तेस्रो-पक्षका कारण डेलिभरी ढिलाइ, वा प्रणाली समस्याहरु समावेश छन्।


१४. वेबसाइट उपलब्धता

हामी वेबसाइट सहज रूपमा उपलब्ध र सञ्चालनमा राख्ने लक्ष्य राख्दछौं। तापनि, हामी निर्बाध वा त्रुटिरहित सञ्चालनको ग्यारेन्टी दिँदैनौं र मर्मत, अपडेट, वा प्राविधिक कारणले पहुँच स्थगित गर्न सक्छौं।


15. यी सर्तहरूमा परिवर्तन

औजारले समय-समयमा यी सर्तहरू अपडेट गर्न सक्छ। कुनै पनि परिवर्तन अद्यावधिक मितिसहित यसै पृष्ठमा प्रकाशित गरिनेछ। वेबसाइटको निरन्तर प्रयोगले परिमार्जित सर्तहरूको स्वीकृति जनाउँछ।


१६. प्रचलित कानून

यी सर्तहरू नेपालको प्रचलित कानून अनुसार व्यवस्थित र व्याख्या गरिनेछ। यो वेबसाइटको प्रयोगबाट उत्पन्न कुनै पनि विवाद नेपाली अदालतको क्षेत्राधिकार अन्तर्गत पर्नेछ।


१७. सम्पर्क

यी सर्त तथा नियमहरूसम्बन्धी कुनै प्रश्न भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्:

इमेल: info@aujarmart.com
स्थान: काठमाडौं, नेपाल


Scroll to Top