सामान फिर्ति तथा रकम वापसी नीति

Last updated: 2026-08-20

औजार प्रा.लि. (“Aujar”, “AujarMart”, “औजार”, “औजारमार्ट”, “हामी”, वा “हाम्रो”) ले गुणस्तरीय सामान र पारदर्शी खरिद अनुभव प्रदान गर्ने लक्ष्य राख्दछ। यो सामान फिर्ति तथा रकम वापसी नीतिले सामान फिर्ति, साटासाट, र रकम वापसी कसरी सम्पादन गरिन्छ भन्ने कुरा स्पष्ट पार्दछ।

कृपया याद गर्नुहोस् कि हाम्रो अनलाइन पसल हाल विकासको क्रममा छ। यो नीतिले हाम्रो सामान्य दृष्टिकोण उल्लेख गर्दछ र सेवा विस्तार हुँदै जाँदा अपडेट हुन सक्दछ।

१. सामान्य नीति

सामानमा समस्या आउन सक्छ भन्ने कुरा हामी बुझ्दछौं। लागू हुने अवस्थामा, तल उल्लेखित सर्तहरू अन्तर्गत सामान फिर्ति वा रकम वापसीको विचार गरिनेछ।

सबै सामान फिर्ति र रकम वापसी अनुरोधहरू केस-अनुसार समीक्षा गरिनेछ।


२. सामान फिर्तिका लागि योग्यता

कुनै सामानको खरिद भएको ७ दिनभित्र निम्न अवस्थामा फिर्ता गर्न सकिन्छ:

  • तपाईंले विचार परिवर्तन गर्नुभएको र सामान प्रयोग नगरिएको, नखोलिएको, र अरिजिनल प्याकेजिङमा रहेको खन्णमा
  • सामान बिग्रेको वा क्षति पुगेको खन्णमा
  • गलत सामान पुर्याईएको खन्णमा
  • क्यास अन डेलिभरी (COD) पार्सल अस्वीकार गरिएको वा डेलिभरी हुन नसकेको र कुरियरद्वारा फिर्ता ल्याइएको खन्णमा

योग्य हुनका लागि, सामान प्रयोग नगरिएको, सबै म्यानुअल र सामग्रीसहित अरिजिनल प्याकेजिङमा हुनुपर्छ, र अरिजिनल बिल/इनभ्वाइससहित फिर्ता गर्नुपर्छ।


३. फिर्ता नहुने सामानहरू

कानूनद्वारा अन्यथा आवश्यक नभएसम्म, निम्न वस्तुहरू सामान फिर्ति वा रकम वापसीका लागि योग्य हुँदैनन्:

  • उपभोग्य वस्तुहरू (जस्तै गम(माड), सिलेन्ट, टेप, लुब्रिकेन्ट, आदि)
  • प्रयोग वा परिमार्जन गरिएका विद्युतीय वा पावर टुलहरू
  • दुरुपयोग, अनुचित ह्यान्डलिङ, वा सामान्य प्रयोगका कारण क्षतिग्रस्त भएका वस्तुहरू
  • फिर्ता नहुने भनी चिन्ह लगाइएका क्लियरेन्स वा छुट भएका वस्तुहरू

४. सामान फिर्ति प्रक्रिया

सामान फिर्ति सुरु गर्ने सबैभन्दा छिटो तरिका तपाईंको खातामार्फत हो:

  1. My Account → My Returns मा जानुहोस्
  2. अर्डर र सामान छान्नुहोस्, कारण छान्नुहोस्, र सामानको क्षति वा सामान गलत भएमा फोटो अपलोड गर्नुहोस्
  3. हामी तपाईंको अनुरोध प्राप्त भएको पुष्टि गर्नेछौं र सामान फिर्ता पठाउने निर्देशन दिनेछौं

खाता छैन, वा अर्को तरिकाले मद्दत चाहिन्छ? हामीलाई support@aujarmart.com मा आफ्नो नाम, अर्डर विवरण, फिर्तिको कारण, र बिल/इनभ्वाइसको प्रतिलिपिसहित इमेल गर्नुहोस्।

कृपया याद गर्नुहोस्: रकम वापसी, क्रेडिट नोट, वा साटासाट — फिर्ता आएको सामान भौतिक रूपमा प्राप्त गरी निरीक्षण गरेपछि मात्र जारी गरिन्छ, अनुरोध पेश गर्दाको समयमा होइन।


५. रकम वापसी

तपाईंको फिर्ता भएको सामानले निरीक्षण पास गरेपछि, हामीले तपाईंको रकम वापसी गर्न निम्न प्रक्रियाहरु अपनाउनेछौँ:

  • सकेसम्म भुक्तानी प्राप्त भएकै माध्यमबाट रकम वापसी गरिनेछ
    • नगद (COD) मार्फत खरिद गरिएका सामानको रकम वापसी ग्राहकले उपलब्ध गराएको मान्य नेपाली बैंकको खाता (वित्तीय संस्था) विवरणमा मात्र गरिनेछ
  • भुक्तानी प्रदायक वा प्रयोग गरिएको माध्यमअनुसार रकम वापसीको समय फरक हुन सक्छ
  • हाम्रो गल्तीका कारण समस्या आएको अवश्थामा बाहेक अरु बेला ढुवानी तथा ह्यान्डलिङ शुल्क फिर्ता नहुन सक्छ

६. साटासाट

कहिलेकाँही सामानको उपलब्धता अथवा अनुपलब्धताका आधारमा हामी रकम वापसीको सट्टा साटासाट प्रस्ताव गर्न सक्छौं।


७. ढुवानी शुल्क

अन्यथा नभनिएसम्म:

  • सामान फिर्ति ढुवानी शुल्क ग्राहकको जिम्मेवारी रहनेछ
  • यदि फिर्ति हाम्रो गल्तीका कारण भएको हो भने, हामीले फिर्ति ढुवानी शुल्क बेहोर्नेछौं

८. भविष्यको अनलाइन पसल अपडेट

औजारले पूर्ण ई-कमर्स सञ्चालनमा विस्तार गर्दै जाँदा, यो सामान फिर्ति तथा रकम वापसी नीति स्पष्ट समयसीमा, योग्यता मापदण्ड, र भुक्तानी प्रक्रिया झल्काउन अपडेट हुन सक्छ। कुनै पनि अपडेट यसै पृष्ठमा प्रकाशित गरिनेछ।


९. सम्पर्क गर्नुहोस्

सामान फिर्ति वा रकम वापसीसम्बन्धी प्रश्न भएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्:

इमेल: info@aujarmart.com
स्थान: काठमाडौं, नेपाल


Scroll to Top