ग्राहक सहायता
अन्तिम अपडेट: 2026-08-20
औजार प्रा.लि. (“Aujar”, “AujarMart”, “औजार”, “औजारमार्ट”, “हामी”, वा “हाम्रो”) मा, हामी आफ्ना ग्राहकहरूलाई उपयोगी र पारदर्शी सहयोग प्रदान गर्न प्रतिबद्ध छौं। यो पृष्ठमा तपाईंले कसरी सहायता प्राप्त गर्न सक्नुहुन्छ र सामान्य प्रश्नहरूको जवाफ कहाँ फेला पार्न सक्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएकोछ।
हामी तपाईंलाई कसरी मद्दत गर्न सक्छौं?
निम्न विषयसँग सम्बन्धित सहायताका लागि तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- सामान सम्बन्धीत प्रश्नहरु
- वारेन्टी सहायता
- सामान फिर्ति तथा रकम वापसी सम्बन्धीत प्रश्नहरु
- औजार प्रा.लि. वा औजारमार्ट बारे सामान्य प्रश्नहरू
- प्रतिक्रिया वा सुझावहरू
कहाँबाट सुरु गर्ने भन्ने थाहा नभएमा, तलका खण्डहरू हेर्नुहोस्।
बारम्बार सोधिने प्रश्नहरू (FAQ)
बारम्बार सोधिने सामान्य प्रश्नहरूको जवाफ हाम्रो FAQ पृष्ठमा पहिले नै दिइएको छ, जसमा समावेश छन्:
- सामान सम्बन्धीत सामान्य प्रश्नका उत्तरहरु
- सामान फिर्ति तथा रकम वापसी
- पसल र सेवाको हालको अवस्था
👉 तिब्र जवाफका लागि हाम्रो बा.सो.प्र. (FAQ) पृष्ठ हेर्नुहोस्।
अर्डर, सामान फिर्ति तथा रकम वापसी
सामान फिर्ति, साटासाट, वा रकम वापसीसम्बन्धी जानकारीका लागि, कृपया हाम्रो समर्पित नीति पृष्ठ हेर्नुहोस्:
👉 सामान फिर्ति तथा रकम वापसी नीति
यो पृष्ठले योग्यता, फिर्ता नहुने सामानहरू, र फिर्ति अनुरोध प्रक्रिया वर्णन गर्दछ।
वारेन्टी सहायता
उत्पादकको वारेन्टी वा सेवा मार्गदर्शन सहित वारेन्टी सम्बन्धी सहायता चाहिएमा, कृपया यो पृष्ठ हेर्नुहोस्:
यो पृष्ठले वारेन्टी सहायता कसरी काम गर्दछ र के जानकारी आवश्यक पर्दछ भन्ने कुरा वर्णन गर्दछ।
गोपनीयता तथा कानूनी जानकारी
हामीले व्यक्तिगत जानकारी र अन्य जानकारी कसरी व्यवस्थापन गर्दछौं भन्ने विवरणका लागि, कृपया समीक्षा गर्नुहोस्:
ग्राहक सहयोगका लागी सम्पर्क गर्न
सहायता चाहिएमा, तपाईं निम्न माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ:
📧 इमेल सहयोग
ईमेलमा कृपया यी सब समावेश गर्नुहोला::
- तपाईंको नाम र सम्पर्क विवरण
- सामान वा अर्डरको विवरण
- सम्बन्धित कुनै पनि कागजात वा फोटोहरू
📝 सम्पर्क फारम
तपाईं हाम्रो वेबसाइटको सम्पर्क गर्नुहोस् पृष्ठमार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। फारममार्फत पेश गरिएका सन्देशहरू नियमित रूपमा हेरिन्छन्।
सहयोग प्रदान गरिने समय
हाम्रो सहयोग टोलीले नियमित कार्य समयमा सोधपुछको जवाफ दिन्छ:
TBD
10:30 AM – 6:30 PM (NST)
सोधपुछको जटिलताका आधारमा जवाफ दिने समय फरक हुन सक्छ।
प्रतिक्रिया तथा सुझावहरू
हामी ग्राहकको प्रतिक्रियालाई एकदमै महत्त्व गर्छौं। हाम्रो सामान, सेवा, वेबसाइट अनुभव, वा अरु केही सुधार गर्ने बारे सुझाव भएमा, हामीलाई अवश्य सम्पर्क गर्नुहोला।
नीति अपडेट
औजार प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै र अनलाइन अर्डरिङ तथा डेलिभरी जस्ता थप सुविधाहरू सुरु गर्दै जाँदा, यो सहयोग तथा सहायता पृष्ठ नयाँ प्रक्रियाहरू झल्काउन अपडेट हुन सक्छ।
