सप्लायर अनबोर्डिंग

अन्तिम अपडेट: 2026-08-26

औजार प्रा.लि. (“Aujar”, “औजार”, “हामी”, वा “हाम्रो”) ले नेपालका ग्राहकहरूलाई गुणस्तरीय ह्यार्डवेयर सामान उपलब्ध गराउन विश्वसनीय आपूर्तिकर्ता र निर्माताहरूसँग काम गर्दछ। यो पृष्ठले सप्लायर अनबोर्डिंग र सहकार्यप्रतिको हाम्रो दृष्टिकोण वर्णन गर्दछ।


को सप्लायर हुन सक्छ?

  • निर्माताहरू
  • अधिकृत वितरकहरू
  • आयातकर्ता र थोक व्यापारीहरू
  • ब्रान्ड प्रतिनिधिहरू

आपूर्तिकर्ताले सामानको गुणस्तर र आपूर्तिको निरन्तरता देखाउन सक्षम हुनुपर्दछ।


सप्लायर चयन गर्दा हामी के-के हेर्दछौं

  • सामानको गुणस्तर र टिकाउपन
  • लागू हुने मापदण्डको पालना
  • आपुर्तिको निरन्तर उपलब्धता
  • पारदर्शी मूल्य निर्धारण
  • बिक्री पछिको र वारेन्टी सहयोग

हामी एक-पटके कारोबारलाई भन्दा दीर्घकालीन साझेदारीलाई प्राथमिकता दिनेछौं।


चासोका सामान वर्गहरू

  • हाते औजार
  • पावर टुल्स र टुल्स चलाउन चाहिने सामाग्री
  • बगैंचा र करेसाबारीलाई आवश्यक पर्ने हाते तथा विध्दुतिय औजार
  • सुरक्षा उपकरण तथा पिपिई
  • पेन्ट र पेन्टिङ्गका लागी आवश्यक पर्ने सामाग्री
  • औजार स्टोेर गर्ने बाकस वा दराज

हाम्रो कार्यक्षेत्र बढ्दै जाँदा यो सूची विस्तार हुन सक्छ।


सप्लायरको जिम्मेवारी

  • सामानको सही जानकारी र विशिष्टता प्रदान गर्ने
  • गुणस्तर मापदण्ड कायम राख्ने
  • स्टक उपलब्धता वा परिवर्तनका बारेमा सक्रिय रूपमा खबर गर्ने
  • वारेन्टी वा त्रुटि-सम्बन्धी मामिलामा सहयोग गर्ने

अनबोर्डिंग प्रक्रिया

  1. प्रारम्भिक अन्तरवार्ता र सामान अवलोकन
  2. आवश्यक अध्ययन र कागजात समीक्षा
  3. ट्रायल लिस्टिङ वा सीमित प्रारम्भिक आपूर्ति

सामानको प्रकार र जटिलताका आधारमा अनबोर्डिङको समयावधि फरक हुन सक्छ।


कसरी आवेदन दिने

तपाईं सप्लायर बन्न चाहनुहुन्छ भने, कृपया तलको फारम भर्नुहोस्:


नोट

औजारले व्यावसायिक आवश्यकता र आन्तरिक मूल्याङ्कनका आधारमा सप्लायर स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।

Scroll to Top